+
Search

ताजा अपडेट +

पपुलर +

धैबुङ कालिका सहकारीको रु. १४ लाख नाफा

धैबुङ कालिका सहकारीको रु. १४ लाख नाफा
त्रिशूली प्रवाह
७ महिना अगाडी

कालिकास्थान । धैबुङ कालिका साना किसान कृषि सहकारी संस्थाले गत आवमा करिब रु. १४ लाख नाफा कमाएको छ । संस्थाको १३औँ वार्षिक साधारणसभामा अध्यक्ष विष्णु पौडेलले आव २०८०/०८१ मा रु. तीन लाख ९१ हजार नाफा कमाएको विवरण प्रस्तुत गरेका थिए ।

सहकारीका उपाध्यक्ष हेमनाथ खतिवडाले स्वागत गरेको सो सभामा प्रबन्धक पूर्णप्रसाद न्यौपानेले एक सय ७८ समूहमा एक हजार ४४ सेयर सदस्य रहेको जानकारी दिए । सदस्यमध्ये दुई सय ९९ पुरुष र सात सय ४५ महिला छन् । सेयरपुँजी रु. ६२ लाख १३ हजार रहेको सहकारीले गत आवमा रु. तीन करोड १९ लाख बचत गरेको थियो । चालू आवमा रु. चार करोड ६९ लाख ९४ हजार लगानी हुने लक्ष्य सहकारीले बनाएको छ । सभामा कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटाले धैबुङ कालिका साना किसान कृषि सहकारी संस्थालाई पालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए । सभामा सेयर सदस्य रामकुमार देवकोटा, कालिका-३ का वडाध्यक्ष फणीन्द्र न्यौपाने, भोर्ले साना किसान सहकारी संस्था लि.का अध्यक्ष रामहरि देवकोटा, लेखा समितिका संयोजक विष्णु देवकोटा, साना किसान विकास बैंक गजुरीका प्रतिनिधि सूर्य अधिकारीलगायतले शुभकामना दिएका थिए । सभामा सहकारी संस्थाका उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट बचत सदस्य, उत्कृष्ट समूह, उत्कृष्ट व्यवसायीलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह