+
Search

ताजा अपडेट +

पपुलर +

माओवादी केन्द्रको नगर समितिको अध्यक्षमा पनेरू

माओवादी केन्द्रको नगर समितिको अध्यक्षमा पनेरू
त्रिशूली प्रवाह
१ साल अगाडी

विदुर । नेकपा माओवादी केन्द्र विदुर नगर समितिको तेश्रो नगर सम्मेलन पौष १८ गते बिहीबार सम्पन्न भएको छ । सम्मेलनबाट चयन भएका ५५ सदस्यमध्येबाट पार्टीको विधानअनुसार सात सदस्यीय पदाधिकारीसहित नगर कार्यसमिति सर्वसम्वत निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक गणेशप्रसाद लामिछानेले जानकारी दिनुभएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

निर्वाचित समितिको अध्यक्षमा भोजराज पनेरू, उपाध्यक्षत्रयमा सञ्जिव थपलिया, दिनेश बोगटी र ठाकुरप्रसाद वस्ती, सचिवमा भवानी पाठक घले, सह–सचिवमा श्यामबहादुर रोक्का, कोषाध्यक्षमा धिरज वि.क.रहेका छन् । निर्वाचन मण्डलका जेष्ठ सदस्य शिवराम भण्डारीको अध्यक्षमा सोमबार बसेको बैठकले चयन भएका ५५ सदस्यमध्येबाट ७ सदस्यीय पदाधिकारीसहित कार्यसमितिको नाम सार्वजनिक गरेको हो ।

Suzuki New Bike & Scooter

समितिका अध्यक्ष एवं विदुर नगरपालिकाको उपप्रमुख प्रभा बोगटीको सभापतित्वमा भएको नगर सम्मेलन तथा खवरदारी सभाको उद्घाटन माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री हितबहादुर तामाङले गर्नुभएको थियो । सो कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा कानुन न्याय तथा मानव अधिकार संसदीय समितिका सभापति बिमला सुबेदी, युवा नेता वागमती प्रदेश अध्यक्ष तथा प्रदेश संसद् सरल सहयात्री पौडेल, केन्द्रिय सदस्य तथा पूर्व प्रदेश संसद तथा नुवाकोट जिल्ला ईन्चार्ज हिरानाथ खतिवडा, जनवादी गायक झंकार मगर, प्रदेश सांसद् रामप्रसाद ढुंगाना, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रबिक्रमसिंह ठकुरीलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह