+
Search

ताजा अपडेट +

पपुलर +

बेत्रावतीमा गोरू जुधाउने तयारी

बेत्रावतीमा गोरू जुधाउने तयारी
त्रिशूली प्रवाह
१ साल अगाडी

विदुर । नुवाकोट र रसुवाको सिमाना त्रिशूली नदी र फंलाखु खोलाको संगमस्थल बेत्रावतीमा माघे संक्रान्तीको दिन गोरू जुधाउने तयारी भईरहेको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

गोरू जुधाउने पर्वको रूपमा माघे संक्रान्तीका दिन विसं २०५३ सालदेखि शुरू गरिएको भएपनि विसं २०६७ देखि बेत्रावती युवा क्लबले साँस्कृतिक महोत्सवको रूपमा गरिरहेको साँस्कृतिक अभियानमा सुरज लवटले जानकारी दिनुभयो । क्लबका पूर्व अध्यक्ष समेत रहेका लवटले बताएअनुसार नेपाल र भोट (चीन) बिच भएको युद्ध अन्र्तगत विसं १८४९ मा बेत्रावतीमा भएको सन्धी पश्चात् नेपाली पक्षले त्यस अवसरमा मनोरञ्जनको लागि गोरू जुधाएको स्मरणमा अहिले पनि गोरू जुधाउने गरिएको छ । माघ १ गते बेत्रावतीबजारमा गोरू जुधाई प्रदर्शनी तथा माघे संक्रान्ती मेलाको भव्य तयारी भईरहेको क्लबको अध्यक्ष सुबास डंगोल (दिपु) ले बताउनु भयो । यसपटक ११ हल गोरू जुधाउने तयारी भईरहेको गोरू व्यवस्थापन समितिका संयोजक सोमलाल लवटले बताउनु भयो । विदुर नगरपालिकाको मेयर राजनलाल श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रममा उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्याल विशेष अतिथि रहेका छन् । काठमाडौं र गल्छीबाट सडकमार्ग हुँदै सहज आवत गर्न सकिने बेत्रावतीमा विगत वर्षमा ५० हजार भन्दा बढी मेलामा दर्शकको सहभागिता रहेको क्लबले जानकारी दिएको छ । यस वर्ष दिउँसोदेखि साझसम्म स्थानीय र राष्ट्रिय कलाकारको सहभागितामा लोकदोहोरी एवं साँस्कृतिक कार्यक्रम गर्ने तयारी भईरहेको छ ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह