+
Search

ताजा अपडेट +

पपुलर +

आदर्श सहकारीले ३० महिना बचत गर्दा सात महिनाको थप भुक्तानी दिने

आदर्श सहकारीले ३० महिना बचत गर्दा सात महिनाको थप भुक्तानी दिने
त्रिशूली प्रवाह
१ साल अगाडी

कोलनी । आदर्श बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड विदुर-९ कोलनी नुवाकोटले सेयर सदस्यहरूलाई बचत गर्न प्रोत्साहन गर्ने उद्देश्यले ३० महिना मासिक बचत गर्दा सात महिनाको थप रकम भुक्तानी दिने निर्णय गरेको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

सहकारीको पुस १३ गते शनिबार सम्पन्न १७औँ वार्षिक साधारणसभाले संस्थाको आर्थिक स्थिति मजबुत बनाउन र सेयर सदस्यलाई बचतका लागि आकर्षित गर्नेलगायतका प्रस्ताव पारित गरेको सचिव राजनप्रसाद प्याकुरेलले जानकारी गराए । विदुर-८ पञ्चकन्या मन्दिरमा सम्पन्न सभामा अध्यक्ष बुद्धिलाल श्रेष्ठ, कोषाध्यक्ष राजकुमार श्रेष्ठ र सुपरिवेक्षण समितिका संयोजक रामशरण आचार्यद्वारा प्रस्तुत प्रतिवेदन पारित भएको छ । सहकारीको विदुर-९ कोलनीमा आफ्नै कार्यालय भवन रहेको छ । रु. १० लाख ८० हजार सेयरपुँजीबाट सञ्चालन भएको सहकारीको गत आव २०८०/०८१ को असार मसान्तसम्म सेयरपुँजी वृद्धि भई रु. एक करोड ५४ लाख ७५ हजार नौ सय पुगेको छ । गत आवमा सहकारीले रु. पाँच करोड ८६ लाख ४५ हजार चार सय २९ निक्षेप सङ्कलन, रु. पाँच करोड ७७ लाख १८ हजार दुई सय ९१ कर्जा लगानी गरी विभिन्न शीर्षकमा रु. एक करोड एक लाख ८६ हजार नौ सय ३४ आम्दानी गरेको प्रतिवेदनमा उल्लेख छ । सहकारीले गत आवमा जम्मा कारोबार रु. आठ करोड २३ लाख ९८ हजार तीन सय १९ गरेको व्यवस्थापक राजेशमान श्रेष्ठले बताए ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह