त्रिशूलीबजार । नुवाकोट जिल्लाको विदुर नगरपालिका-९ कोलोनीमा रहेको सारथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा गत वर्ष ६१ जना सेयर सदस्य थप भएका छन् । अघिल्लो आव २०७९/०८० मा चार सय ३३ सेयर सदस्य रहेकामा गत आव २०८०/०८१ म ६१ जना थप भएर कुल सेयर सदस्यको सङ्ख्या चार सय ९४ पुगेको छ ।

सहकारीले शनिबार बाह्रौँ वार्षिक साधारणसभा गरेर गत आवको आय–व्यय पारित गरेको छ । सभामा अध्यक्ष गोकर्ण रोक्काले प्रगति विवरण, कोषाध्यक्ष रामकुमार नगरकोटीले बजेट तथा कार्यक्रम, लेखा समितिका संयोजक रवीन्द्र नेपालीले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीले अघिल्लो आवमा रु. १३ करोड ६८ लाख ४८ हजार ४० निक्षेप सङ्कलन गरेकोमा गत आवमा वृद्धि भई रु. १५ करोड ६६ लाख ९३ हजार सात पुगेको छ । सो अवधिमा सहकारीले ऋण लगानी पनि वृद्धि गरेको छ । आव २०७९/०८० मा रु. १४ करोड ३९ लाख ६४ हजार आठ सय ४९ लगानी गरेकोमा आव २०८०/०८१ मा वृद्धि भई रु. १५ करोड ८७ लाख ८३ हजार नौ सय ६८ पुगेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । सहकारीको कुल सेयरपुँजी रु. एक करोड ४८ लाख ५४ हजार नौ सय ३७ वृद्धि गरी चालू आवमा रु. दुई करोड पुयाउने प्रस्ताव सभाबाट पारित भएको अध्यक्ष रोक्काले जानकारी दिए । त्यसैगरी, सहकारीले निक्षेप ऋण लगानीसमेत बढाउने प्रस्ताव पारित गरेको छ ।
प्रतिक्रिया