
धुन्चे । रसुवा जिल्लाको उत्तरगया गाउँपालिका-४ मनीगाउँमा पुस १९ गते भूमि शिविर सम्पन्न भएको छ ।
जिल्ला भूमि अधिकार मञ्च रसुवाका अभियन्ता कल्पना आचार्यका अनुसार शिविरमा मञ्चको गतिविधि तथा सदस्यता र सार्वजनिक संस्था सञ्चालनबारे बृहत् छलफल भएको थियो । कार्यक्रममा मञ्चका पदाधिकारी, गाउँमञ्चका सदस्यलगायत ४१ जनाको सहभागिता रहेको थियो ।