पिपलटारमा खेलकुद तथा पर्यटन महोत्सवको तयारी

पिपलटारमा खेलकुद तथा पर्यटन महोत्सवको तयारी
त्रिशूली प्रवाह
७ महिना अगाडी

विदुर । पिपलटार फुटबल क्लबको आयोजना तथा जालपा मिडिया सर्भिस र एभरेष्ट ईभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा आगामी माघ २७ देखि फागुन ७ गतेसम्म विदुर-५ को पिपलटारमा प्रथम विदुर खेलकुद तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ ।

गत हप्ता स्थानीयको भेलाले वडा नम्बर-५ का अध्यक्ष लिलानाथ न्यौपानेको संयोजकत्वमा एक सय ५० सदस्यीय महोत्सव मूल आयोजक समिति गठन गरेको छ । महोत्सवमा प्रतियोगितात्मक खेल गतिविधी, प्रतियोगितात्मक लोक नृत्य, स्थानीय उत्पादनको प्रदर्शनी, लोपोन्मुख रितीरिवाज र संस्कृति झल्कने झाँकीको प्रदर्शनी, चर्चित कलाकारको साङ्गितिक प्रस्तुतिकासाथै मनोरञ्जनात्मक खेल मेला समेटिएको आयोजक क्लबका अध्यक्ष उद्धव पनेरूले जानकारी दिनुभयो । ११ दिनसम्म सञ्चालन हुने महोत्सवमा करिव ७० हजारले अवलोकन गर्ने र महोत्सव अवधिभर रू.दुई करोड भन्दा बढीको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ । विगतमा जिल्लाका विभिन्न स्थानमा सञ्चालन भएको महोत्सवमा प्रचार-प्रसारमा होटल तथा खाजाघरको बिल भुक्तानी नगरेर प्रहरी प्रशासनसम्म उजुरी परेको स्मरण गर्दै नागरिक समाज नुवाकोटले आय-व्यय पारदर्शी ढंगले गर्नुपर्ने माग गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह