+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूली प्रवाहलाई कम्प्युटर सहयोग

त्रिशूली प्रवाहलाई कम्प्युटर सहयोग
त्रिशूली प्रवाह
१ साल अगाडी

बट्टार । नुवाकोट जिल्लाबाट विगत २५ वर्षदेखि निरन्तर बिहीबार प्रकाशित हुँदै आइरहेको त्रिशूली प्रवाह साप्ताहिकलाई लायन्स क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत कम्प्युटर सहयोग गरेको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

लायन्स इन्टरनेसनल ३२५ आई नेपालका फस्र्ट भाइस डिस्ट्रिक गभर्नर पार्वती खरेल पाण्डेको उपस्थितिमा शनिबार एक कार्यक्रमबिच नुवाकोटमा पाँचवटा लायन्स क्लबले संयुक्त रूपमा कम्प्युटर सेट प्रदान गरेका हुन् । जिल्लामा विभिन्न सामाजिक कार्यमा क्रियाशील लायन्स क्लब अफ नुवाकोट क्यापिटल, लायन्स क्लब अफ नुवाकोट बाराही, लायन्स क्लब अफ नुवाकोट इन्द्रायणी, लायन्स क्लब अफ नुवाकोट सम्पदा, लायन्स क्लब अफ नुवाकोट आदर्शले संयुक्त रूपमा एक सेट कम्प्युटर प्रदान गरेको लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक कोअर्डिनेटर अनुजकुमार श्रेष्ठले बताए । क्लबलाई धन्यवाद दिँदै प्राप्त कम्प्युटरले पत्रिका प्रकाशनमा सहयोग पुग्ने त्रिशूली प्रवाह साप्ताहिकका सम्पादक शरणउत्सुक सापकोटाले बताए ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह