नेपाल रेडक्रस काहुले उपशाखाको अध्यक्षमा भट्ट

नेपाल रेडक्रस काहुले उपशाखाको अध्यक्षमा भट्ट
त्रिशूली प्रवाह
७ महिना अगाडी

फिकुरी । नेपाल रेडक्रस सोसाइटी काहुले उपशाखाको ११औँ सभा तथा चौथो अधिवेशन किस्पाङ गाउँपालिका– ३ को किस्पाङचौरमा माघ ५ गते शनिबार सम्पन्न भएको छ ।

उपशाखा सभापति धर्मदत्त भट्टको सभापतित्वमा भएको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको प्रमुख आतिथ्य र किस्पाङ गाउँपालिकाका उपाध्यक्ष अर्जुनप्रसाद न्यौपाने, म्यागङ गाउँपालिकाकी उपाध्यक्ष सीता तामाङ, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटका सभापति हरि श्रेष्ठ, मुख्यमन्त्रीको निजी सचिव छत्रबहादुर लामाको विशेष आतिथ्य रहेको थियो । अधिवेशनबाट तीनवर्षे कार्यकाल (२०८१ देखि २०८३ सम्म) का लागि काहुले उपशाखामा पदाधिकारी चयन भएका छन् । सभापतिमा धर्मदत्त भट्ट, उपसभापतिमा लक्ष्मीकुमारी तामाङ, सचिवमा रविन्द्रनाथ न्यौपाने, कोपाध्यक्षमा सुनितामाया तामाङ, उपसचिवमा नवराज पौडेल, उपकोषाध्यक्षमा रविनाथ फुयाँल र सदस्यहरूमा सरस्वती फुयाँल, सुकबहादुर घले, रणबहादुर लामा, विनोद न्यौपाने, रामकृष्ण भट्टराई चयन भएको निर्वाचन अधिकारी ज्ञानेन्द्र गिरीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह