बेलकोट । निरञ्जना कृषि सहकारी संस्था लिमिटेड बेलकोटगढी नगरपालिका-१० को २४औँ साधारणसभा तथा पाँचौँ अधिवेशन गत महिना सम्पन्न भएको छ ।
गत पुस २७ गते सम्पन्न सभाले अध्यक्षमा राजकुमार रेग्मी, उपाध्यक्षमा कालीबहादुर तिवारी, सचिवमा विशाल तामाङ, कोषाध्यक्षमा कृष्णप्रसाद तिवारी, सदस्यमा कुवेरप्रसाद थपलिया, शारदा पन्थ, बिन्दा तिवारी र लेखा समितिको संयोजकमा गोकर्ण तामाङ, सदस्यमा कृष्णप्रसाद पौडेल, भरतप्रसाद तिवारी निर्विरोध निर्वाचित भएको अध्यक्षमण्डलका अध्यक्ष भगवान रानामगरले जानकारी दिए । सभामा अध्यक्षको प्रतिवेदन, कोषाध्यक्षको आय-व्यय तथा लेखापरीक्षण प्रतिवेदन प्रस्तुत भएको व्यवस्थापक हरिहर तिवारीले बताए ।
प्रतिक्रिया