+
Search

ताजा अपडेट +

पपुलर +

त्रिभुवन त्रिशूली माविमा खाना महोत्सव

त्रिभुवन त्रिशूली माविमा खाना महोत्सव
त्रिशूली प्रवाह
१ साल अगाडी

त्रिशूलीबजार । विसं २००७ सालदेखि नै नुवाकोट, रसुवा र धादिङ जिल्लाको अग्रणी शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाको रूपमा परिचित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयले रसुवा, नुवाकोट, धादिङ जिल्लाको विद्यार्थीलाई उच्च गुणस्तरको शिक्षा प्रदान गर्दै आइरहेको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

नमुना विद्यालयको शैक्षिक संस्थाको रूपमा परिचित यस विद्यालयको संस्थागत, भौतिक तथा शैक्षिक गुणस्तरलाई अझ चुस्त–दुरूस्त बनाउँदै आम अभिभावकको मन जित्न सफल हुनुकासाथै शैक्षिक गुणस्तरलाई उच्च प्राथमिकता राख्नको लागि विद्यालयले विभिन्न अतिरिक्त क्रियाकलापको कार्यक्रम गर्दै आईरहेको छ । माघ ११ गते शुक्रबार विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा ९ सम्मका विद्यार्थीद्वारा स्थानीय मौलिक परिकार बनाई अभिभावक तथा स्थानीयस्तरमा बिक्री, वितरण गरिएको थियो । कक्षागत विद्यार्थीको सक्रिय सहभागितामा आय–आर्जन कसरी गर्न सकिन्छ र त्यसबाट मुनाफा कसरी गर्न सकिन्छ भन्ने पाठ अभ्यासमार्फत नै गराउनको लागि विद्यालयले सो अवसर दिएको विद्यालयका प्रधानाध्यापक महेन्द्र राउतले बताउनु भयो । सो कार्यमा कक्षागत शिक्षकको सक्रिय सहभागिता र लगनशिलतामा सो कार्यक्रमले सम्पन्न हुनकासाथै विनपा वडा नं १ का अध्यक्ष लेलिन रञ्जित र विनपा उपप्रमुख प्रभा बोगटीको समेत उपस्थित रहेको सहायक प्रअ.राजेन्द्र दवाडीले बताउनु भयो । कार्यक्रमलाई भव्य तथा सभ्य बनाउनका लागि अभिभावक स्थानीय समुदायको सक्रिय सहभागिताले सो कार्य अझ रोचक तथा प्रभावकारी रूपमा सम्पन्न भयो ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह