+
Search

ताजा अपडेट +

पपुलर +

पाठेघरको मुखको क्यान्सर सम्बन्धी निःशुल्क भिआईए तथा थर्मल एब्लेसन शिविर

पाठेघरको मुखको क्यान्सर सम्बन्धी निःशुल्क भिआईए तथा थर्मल एब्लेसन शिविर
त्रिशूली प्रवाह
१ साल अगाडी

स्याफ्रुबेँसी । रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीस्थित निजी अस्पताल लाङटाङ–लिरूङ अस्पतालमा अनुभवि स्त्रीरोग एवं क्यान्सर विशेषज्ञद्वारा माघ १२ गते महिलामा लाग्ने पाठेघरको मुखको क्यान्सर सम्बन्धी निःशुल्क भिआईए परीक्षण तथा थर्मल एब्लेसन शिविर सञ्चालन भएको छ । शिविरबाट १ सय ५ जनाले सेवा लिएका छन् ।

Satkar Machinery Center
Utsuk Books & Stationery

अस्पतालका सञ्चालक डाक्टर जीवन तामाङकानुसार अस्पतालको आयोजनामा गोसाइँकुण्ड गाउँपालिकाको प्राविधिक सहयोग र लायन्स क्लब रसुवाको सहकार्यमा शिविर भएको हो । सिभिल अस्पताल बानेश्वर काठमाडौंमा कार्यरत स्त्रीरोग विशेषज्ञ डाक्टर पुनम लामाले १ सय ५ जना महिलाको चेकजाँच गर्दा १२ जना महिला भिआईए पोजेटिभ पाईएको र ४ जनामा थर्मल एब्लेसन पाईएको जानकारी दिनुभयो । चेकजाँचको क्रममा जटिल देखिएपछि काठमाडांै रिफर गरिएको बताईएको छ । प्रायःजसो ग्रामीण दूर–दराजका आम महिला लजाउने, रोग लुकाएर राख्ने भएका कारण पनि क्यान्सर जस्तो रोग लाग्ने हुन्छ र उमेर छँदै मृत्युवरण गर्नुपर्ने कारण देखेकोले अस्पतालले पहिलो पटक गाउँवस्तीमा नै यो शिविर राखिएको डाक्टर तामाङले जानकारी दिनुभयो । डाक्टर पुनमकानुसार प्रायः शिविरमा चेकजाँच गर्न आएका महिलामा पाठेघर खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्नेलगायतका समस्या रहेका थिए । अबका दिनमा दूर–दराजका महिला दिदिबहिनी निसङ्कोच आफ्नो स्वास्थ्य जाँच गर्ने विश्वास लिईएको छ ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह