देशभर मेला, महोत्सव र प्रदर्शनीको याम सुरू भा’का बेला बिचरा विदेश जाने सपना पालेर जान नपा’का र बेरोजगार न्वाँकोटका तन्नेरी उद्देश्यविहीन मनोरञ्जन गराउन नलागेर के गरून् त ? यस्ता भिड, घुइँचो उद्योगीव्यवसायीकै पेवा हो भनेर वकालत गरिरहेको जिल्लादेखि केन्द्रसम्मका उद्योगीवाणिज्यको संस्था मुख्यमन्त्रीले उद्घाटन र मेयर सा’बले समापन गर्ने कार्यक्रम तालिका देखेपछि ‘बोल बोल मछडी मुखभरी पानी’ भा’को तेस्रो आँखाले चाल नपाउने कुरै भएन । आयोजकमा उद्योगवाणिज्यबाहेक जिल्लाभरका दल, सांसद, मन्त्री, सत्ता पक्ष, प्रतिपक्ष सबै लागेसि’ सिफारिस दिन निरीह प्रशासन पनि के गरोस् त भन्या ! आर्थिक गतिविधि शिथिल भएसि’ धेरै युवा विदेश हानिए पनि यतै हल्लिरहेकालाई जात्रामात्रा, झाँकीमा अलमलाउँदै घन्टीको पछि नदगुराउने कांग्रेसी चालले कँडहरू नि’ जिल खाएको ज्ञान जति लुकाउन खोजे’नि त्रिनेत्रले पाइहाल्यो ।
प्रतिक्रिया