पर्यटन व्यवसायी सङ्गठनको अध्यक्षमा मानन्धर

  • त्रिशूली प्रवाह
  • २२ माघ २०८१, मंगलवार १५:२७

विदुर । नेकपा (माओवादी केन्द्र) निकट नेपाल पर्यटन व्यवसायी सङ्गठन नुवाकोटको पहिलो अधिवेशन आइतबार सम्पन्न भएको छ ।

अधिवेशनले कृष्णबहादुर मानन्धर अध्यक्ष रहेको २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । उक्त समितिको तीन उपाध्यक्षमा अंगज ठकुरी, सुजन डङ्गोल, सुमित सिलवाल र सचिवमा सुवास तामाङ, कोषाध्यक्षमा नन्दराम न्यौपाने, सहकोषाध्यक्षमा श्वेता लामा चयन भएका छन् । त्यसैगरी, कार्यसमितिको सदस्यमा जगन्नाथ मिश्र, सोनाम तामाङ, जीवन गुरुङ, ललित लामा, डिलबहादुर लामा, कृष्णप्रसाद लामिछाने, जेवा घले, प्रमेश घले, सुनिल तामाङ, प्रकाश मुडभरी, रामशरण अधिकारी, ईश्वरकुमार डङ्गोल, ईश्वर श्रेष्ठ, राममणि ढकाल, प्रकाश खनाल, विमल घले, रामकुमार भट्ट, कृष्णबहादुर लामा रहेका छन् ।

अधिवेशनको उद्घाटन कार्यक्रम व्यवसायी सङ्गठनका बागमती प्रदेश सहसंयोजक तथा आयोजक समिति नुवाकोटका संयोजक नारायण बोगटीको सभापतित्वमा भएको थियो । सो कार्यक्रमको उद्घाटन पूर्वमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का स्थायी समितिका सदस्य गणेशमान पुन, विशेष अतिथि सङ्गठनका केन्द्रीय इन्चार्ज टेकबहादुर बस्नेत, सङ्घीय संसद्का कानुन न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदी, केन्द्रीय सदस्य तथा बागमती प्रदेशकी सांसद राधिका तामाङ, जिल्ला इन्चार्ज तथा बागमती प्रदेशका पूर्वसांसद हिरानाथ खतिवडा, संविधानसभा सदस्य राममाया बोगटी, माओवादी केन्द्रका जिल्ला संयोजक पुष्प लामिछाने, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, बेलकोटगढी नगरपालिकाका मेयर जगतबहादुर गुरुङ, ककनी गाउँपालिकाका प्रमुख सुमन तामाङलगायतले अधिवेशनको सफलताका लागि शुभकामना दिएका थिए ।