+
Search

ताजा अपडेट +

पपुलर +

प्रहरी प्रमुखको स्वागत

प्रहरी प्रमुखको स्वागत
त्रिशूली प्रवाह
१ साल अगाडी

विदुर । नुवाकोट जिल्लाको प्रहरी प्रमुखमा सरुवा भई आएको प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीलाई बुधबार नुवाकोटका उद्योगी–व्यवसायीले स्वागत गरेका छन् ।

Utsuk Books & Stationery
Satkar Machinery Center

सङ्घका पदाधिकारीसहित जिल्लाका उद्योगी–व्यवसायी सहभागी कार्यक्रममा प्रहरी उपरीक्षक रेग्मीसँगै सरुवा भई आएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरिबोल केसीलाई पनि सँगै स्वागत गरिएको थियो । सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठको सभापतित्व र वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले सञ्चालन गरेको उक्त कार्यक्रममा सङ्घका निवर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य ताराबहादुर कार्की, पूर्वअध्यक्ष शरणउत्सुक सापकोटा, महिला उद्यमी सङ्घ मध्याञ्चलका अध्यक्ष गीता अमात्य, जिल्ला सहकारी सङ्घका अध्यक्ष शिव अधिकारीलगायतले जिल्लाको वस्तुस्थितिको जानकारी गराएका थिए । सो अवसरमा स्वागतग्रहण गर्दै प्रहरी प्रमुख रेग्मीले सङ्घसँग सहकार्य र समन्वय गर्दै कानुनको परिधिभित्र रहेर सहयोग गर्ने प्रतिबद्धता जनाए । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाबाट सरुवा भई आइतबार नुवाकोट आएका रेग्मीले यसभन्दा अगाडि जिल्ला प्रहरी कार्यालय झापाको नेतृत्व गरिसकेका छन् ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह