तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २५ माघ २०८१, शुक्रबार ११:३९

कृषिमा वितरित अनुदानको अहिले देशभरि नै हिसापकिताप भइरँदा हाम्रो न्वाँकोट नि’ अछुतो रने’ त कुरै भएन । पोटेटो जोन प्रोग्रामले अनुदानमा देको विषादीले राष्ट्रिय तर्कारी नफलाए नि’ कमिसनको नगतले केही अगुवाको तातो अनुहार रातो भएको थानसिङ, चौघडा, ढिकुरेतिर चाल नपाउने कोही भएनन् ।

प्रधानमन्त्री किर्सी आधुनिकीकरणका नाममा वितरित अपारदर्शी अनुदान लिनेको खेतबारीमा आलु यसपटक नफल्ने भएसी’ कृषकले प्रहरी प्रशासनमा हारगुहार गरे आसर्जे नमान्दा भो ! यस क्षेत्रमा आलु कार्जेक्रमका नाममा खुलेका समूह र स’कारीका पदाधिकारीको आर्थिक गतिविधि निगरानी अख्तियारले गर्ला कि भन्नेमा किसानको चासो नहुने त कुरै भएन । अनुदान रकमले मल, बिउ, विषादीको खरिद खुला प्रतिस्पर्धाबाट काज्र्यालयले स्थानीय क्षेत्रमा दररेट सङ्कलन गरेर गर्नुपर्नेमा सुटुक्क गरेकामा भेटनरी व्यवसायी चिढिएको त्रिनेत्रले चाल पाइहाल्यो ।