
धादिङबेँसी । पछिल्लो समय सामाजिक सञ्जालले गर्दा पढ्ने र लेख्नेको सङ्ख्यामा ह्रास आइरहे पनि धादिङको एक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई लेखन दौड प्रतियोगिता गराइएको छ ।
सो प्रतियोगिता नीलकण्ठ बाल मन्दिर माध्यमिक विद्यालयको रिडर्स क्लबले आयोजना गरेको हो । उक्त प्रतियोगितामा विद्यालयकी सन्ध्या तिमिल्सिनाले लगातार सात घण्टा २६ मिनेटसम्म एकै विषयमा एकै स्थानमा बसेर आठ हजार सात सय ४० शब्द लेखेर आफ्नो लेखन कला प्रस्तुत गरेकी छिन् । प्रतियोगितामा अन्य सहभागीलाई पछि पार्दै सन्ध्या आठ हजार सात सय ४० शब्द लेखेर सर्वोत्कृष्ट भएकी हुन् ।