बट्टार । नुवाकोट जिल्लाको बट्टार केन्द्रिय कार्यालय रहेको मेरो माइक्रो फाइनान्स इन्स्टिच्युसन लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक चौकीदार, जनचेतनामूलक ट्राफिक साइन बोर्ड र पोल प्रदान गरेको छ ।
उक्त सामाग्री बोर्ड ट्राफिक प्रहरी बृत्त स्वयम्भुका प्रमुख दिवाकरले विभिन्न मातहतका विभिन्न स्थानमा राखिएको छ । यसमार्फत जनतामा विश्वासकासाथ सकारात्मक सन्देश फैलाउन भनिएको छ । ब्यस्त सडकमा सवारी चालकको जथाभावी पार्किङ समस्या बन्दै गएको र सवारी साधनलाई ओभरटेक गर्दा मानिसले सडक पार गर्ने गरेकोले मानवीय आवागमनका कारण धेरै दुर्घटना भइरहेकाले ट्राफिक संकेत उपलब्ध गराउन संस्थालाई सुझाव दिइएको छ । फाइनान्सले ७ वटा प्रदेशका ६४ जिल्लामा १ सय ४९ शाखा कार्यालयमार्फत माइक्रो फाइनान्स सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया