गाउँगाउँमा सिंहदरबार पुगे पनि शेरको अधिकार प्रयोग गरिरहेका पालिका प्रमुखको बिलौना कसले पो सुनिदेला, खै ? सङ्घ र प्रदेश सरकारका खटनपटनमा बजेट हात पार्नु अनि सङ्घका हाकिम र प्रदेशका एकाउन्टेन सा’बबाट काम लिनु भनेको फलामको चिउरा चपाउनु भएको त्रिनेत्रले देखिरहेकै छ । छयालीसपछिका चुनावमा लगातार उम्मेदवार बनेर हार्न नजानेका लिखुका ध्रुव दादालाई चन्दा, अनुदान र सहयोग माग्नेका भिडले काम गर्न नदिएपछि एउटा जुक्ति त निकाल्नुपर्यो नि ! हुँदाखाँदाको सात वर्षदेखि डुँडे बगैँचाको भाडाको काज्र्यालय भवनलाई बाइबाइ गर्दै ऋषिकुमार पाँडेका भालडाँडाका स्कुलमा सरेपछि जग्गाको चलखेल गर्नेहरू डाँडा नाप्दै गरेको ढिकुरेतिर चाल नपाउने त कोही भएनन् गाँठे ! पालिका भवन बनाउन तानातान गर्ने वडाध्यक्षहरूलाई सास्ती दिएको अनि आफूहरू प्रमुख-उपप्रमुखले माघको पारिलो घाम ताप्दै चारैतिरको दृश्यावलोकनको रसास्वादन लिई दिन कटाइरहेको त्यहाँ पुग्ने सेवाग्राहीले थाहा नपाउने कुरै भएन नि !
प्रतिक्रिया