
विदुर । नेपाल निजामती कर्मचारी सङ्गठन नुवाकोटको अध्यक्षमा गोपालप्रसाद अधिकारी निर्वाचित भएका छन् । सङ्गठनको जिल्ला कार्यसमितिको १२औँ अधिवेशनबाट अधिकारी निर्वाचित भएका हुन् ।
समितिको खुलातर्फको उपाध्यक्षमा नवराज कार्की, महिला उपाध्यक्षमा रमा पाण्डे, सचिवमा इन्द्रबहादुर पाण्डे, सहसचिवमा प्रकाश भण्डारी, कोषाध्यक्षमा कृष्ण नापित निर्वाचित भएको अध्यक्षमण्डलका संयोजक एवम् सङ्गठनका निवर्तमान अध्यक्ष गोपालबहादुर सापकोटाले बताए । अधिवेशनले प्रदेश प्रतिनिधिमा प्रोमिका श्रेष्ठ र अमर तामाङ, लेखा परीक्षण आयोगमा विष्णुप्रसाद गजुरेल संयोजक, सरस्वती तिमिल्सिला र माधव पाण्डेलाई सदस्यमा चयन गरेको छ ।