+
Search

ताजा अपडेट +

पपुलर +

गोसाइँकुण्डको पानीमाथि हिँड्न प्रतिबन्ध

गोसाइँकुण्डको पानीमाथि हिँड्न प्रतिबन्ध
त्रिशूली प्रवाह
१ साल अगाडी

धुन्चे । रसुवा जिल्लाको गोसाइँकुण्डलगायत उच्च हिमाली क्षेत्रमा जमेका ताल–तलैयामाथि हिँड्न सर्वसाधारणलाई प्रतिबन्ध लगाइएको छ । पानी जमेको मौका छोपी पवित्र तालतलैयामाथि सर्वसाधारण हिँड्नेक्रम बढ्न थालेसँगै रामसार क्षेत्रमा सूचीकृत गोसाइँकुण्डलगायतका तालतलैयामाथि हिँड्न सर्वसाधारणलाई प्रतिबन्ध लगाइएको गोसाइँकुण्ड गाउँपालिकाका प्रमुख कैसाङनुर्पु तामाङले बताए ।

Utsuk Books & Stationery
Satkar Machinery Center

पवित्र धार्मिकस्थलका रूपमा परिचित गोसाइँकुण्ड क्षेत्रको संरक्षण गर्न र सम्भावित दुर्घटना रोक्न यो निर्णय गरेको जानकारी पालिकाले दिएको छ । विशेषगरी मङ्सिर, पुस र माघ महिनामा गोसाइँकुण्ड तलाउ जमेको मौका छोपी धार्मिक महत्वको पवित्र कुण्डमाथि हिँड्नेक्रम बढ्न थालेपछि स्थानीय होटेल व्यवसायीसमेतको अनुरोधमा प्रतिबन्ध लगाइएको पालिकाले जनाएको छ । स्थलगत पैदलयात्रा तथा हेलिकोप्टरबाट गोसाइँकुण्ड क्षेत्र पुग्ने अधिकांश भक्तजन जमेको पानीमाथि हिँडी नाचेर फोटो खिच्न थालेपछि धार्मिक आस्था जोगाउन र सम्भावित दुर्घटनाबाट बचाउन सर्वसाधारणको ध्यानाकर्षण गरिएको स्थानीयको भनाइ छ ।

Suzuki New Bike & Scooter

स्थानीय पण्डित तथा पुरोहितले देवताका पनि देवता महादेव भगवान् शिव विराजमान रहेको स्थानमा पुन्य कमाउन जाने भक्तजनसहित अन्य सर्वसाधारण कुण्डमाथि हिँड्नु धार्मिक दृष्टिले शुभकार्य नरहेको उल्लेख गर्दै जानअन्जानमा यसरी कुण्डमाथि हिँडिसकेकाले घरनजिकको जलाशयमा गई महादेवको प्रतीक स्थापना गरेर क्षमापूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको बताएका छन् । एकातर्फ जमेको बरफ फुटेमा मानिस पानीमा फस्न सक्ने डर र अर्कोतर्फ बरफमुनि गोसाइँकुण्ड शिवजी रहेकाले सो कुण्डमाथि टेक्दा महापाप लाग्नेसमेत स्थानीय पुरोहित टंकप्रसाद ढकालले बताए । ‘समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा रहेको पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान तथा पूजाआजाका लागि बाह्रै महिना भक्तजन पुग्ने गर्दछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह