Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

नेवाः देय दवु रसुवाको जिम्मा लवटलाई

नेवाः देय दवु रसुवाको जिम्मा लवटलाई
त्रिशूली प्रवाह
१ साल अगाडी

बेत्रावती । रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं ५ बेत्रावतीबजारको गत माघ २९ गते मंगलबार नेवार समुदायको उपस्थितीमा नेवाः देय दवु, रसुवा जिल्ला समिति गठन भएको छ ।

नेवार समुदायको उक्त संगठनको नवगठित समितिको अध्यक्षमा सोमलाल लवट, वरिष्ठ उपाध्यक्षमा अर्जुन श्रेष्ठ, उपाध्यक्षमा निर्मला श्रेष्ठ, महिला सचिवमा इन्दिरा श्रेष्ठ, पुरूष सचिवमा शशी डंगोल, कोषाध्यक्षमा गणेश श्रेष्ठ, सदस्यमा गोपी श्रेष्ठ, भुवन डंगोल, आशिक डंगोल, जमुना श्रेष्ठ र अन्जु लवट चयन भएका छन् । उत्तरगया गाउँपालिका वडा नं ५ की महिला सदस्य निर्मला श्रेष्ठको अध्यक्षतामा भएको उक्त भेलाको प्रमुख अतिथि नेवाः देव दवुका केन्द्रिय उपाध्यक्ष शान्ता श्रेष्ठ, केन्द्रिय सदस्य माईला डंगोल, वागमती प्रदेश सदस्य नरेन्द्रमान प्रधान, उत्तरगया गाउँपालिका–५ का वडाध्यक्ष यमनाथ आचार्य, उत्तरगया क्षेत्र विकास समितिका अध्यक्ष अष्टमान डंगोललगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

रसुवा जिल्लाभित्र छरिएर रहेका नेवार समुदायलाई एक ढिक्का बनाउन, नेवा भाषा भेषभुषा, कला, संस्कृति, सम्पदा, जात्रा परम्परालाई जगेर्ना गरी जिवन्त राख्न यस समितिले आगामी दिनमा केन्द्रिय समितिसँग सहकार्य गरेर काम गर्ने बताईएको छ । रसुवा जिल्लामा पनि नेवा समुदायसँग सम्बन्धित कार्य तथा कार्यक्रम गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गरिने जिल्ला अध्यक्ष लवटले बताउनु भयो । उहाँले ढिलै भएपनि रसुवा जिल्लामा नेवा समुदायको पहिँचानलाई खोजी गर्न यो समिति गठन भएको बताउँदै अब रसुवा जिल्लाभरको नेवारलाई संगठित गरी सबै घर सदस्यको रूपमा बिस्तार गरिने जानकारी दिनुभयो । विगतमा चिन–तिब्बत ब्यापार गर्ने प्रमुख नाकाको रूपमा रहेको रसुवा जिल्लामा काठमाडौं ललितपुर भक्तपुरबाट ब्यापारको सिलसिलामा नेवार समुदाय आएको इतिहासमा उल्लेख छ । रसुवाको पाँचवटा पालिकामध्ये नौकुण्ड गाउँपालिकाको सरमथली गाउँ नेवार समुदायको बढी बसोबास रहेको छ । जिल्लाको प्रमुख बजार केन्द्र बेत्रावती, कालिकास्थान, घुम्ती, जिवजिवे, काभ्रे, ठाँडे, धुन्चे, स्याफ्रुबेँसी, थाम्बुचेत, टिमुरेमा नेवार समुदायको बसोबास रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह