प्रेस सेन्टरको अध्यक्षमा खनाल

प्रेस सेन्टरको अध्यक्षमा खनाल
त्रिशूली प्रवाह
६ महिना अगाडी

विदुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट पत्रकारको संस्था प्रेस सेन्टर नेपाल नुवाकोट शाखाको चौथों जिल्ला सम्मेलन शनिबार सम्पन्न भएको छ । सम्मेलनले जगदिश खनाल अध्यक्ष रहेको जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

सम्मेलनबाट कार्यसमितिको उपाध्यक्षद्वयमा सुजित भण्डारी र प्रितिका थापा, सचिवमा प्रल्हाद पुडासैनी, सह-सचिवद्वयमा दिपेश न्यौपाने र सुनिता गुरूङ, कोषाध्यक्षमा द्वारिका प्याकुरेल र सदस्यमा करूणा लामिछाने, पार्वती वि.क. बिनिता पनेरू, पुन्यप्रभा ढुङ्गाना निर्वाचित भएका छन् । उक्त सम्मेलनले केन्द्रिय प्रतिनिधीमा बद्रीप्रसाद प्याकुरेल, रामहरि गजुरेल, विष्णुप्रसाद अधिकारी र प्रदेश प्रतिनिधीमा रूपा अर्याल, करूणा लामिछाने, शारदाप्रसाद ढकाललाई चयन गरेको छ । सम्मेलनको उद्घाटन तथा ‘‘जन प्रेस’’ स्मारिका बिमोचन, रवि – ईच्छुक जनपक्षीय पत्रकारिता सम्मान कार्यक्रमको उद्घाटन सघीय सांसद् तथा पुर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हितबहादुर तामाङले गर्नुभएको थियो । प्रेस सेन्टर नुवाकोटका संस्थापक अध्यक्ष बद्री प्याकुरेल र पत्रकार महासंघ नुवाकोटका निवर्तमान अध्यक्ष कपिलदेव खनाललाई रवि – ईच्छुक जनपक्षीय पत्रकारिता सम्मान प्रदान गरिएको थियो । सो कार्यक्रममा जिल्ला इञ्चार्ज तथा केन्द्रिय सदस्य हिरानाथ खतिवडा, जिल्ला संयोजक पुष्प लामिछाने, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रबिक्रमसिंह ठकुरीलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह