+
Search

ताजा अपडेट +

पपुलर +

प्रदेश सरकारद्वारा एम्बुलेन्स भाडादर निर्धारण

प्रदेश सरकारद्वारा एम्बुलेन्स भाडादर निर्धारण
त्रिशूली प्रवाह
१ साल अगाडी

हेटौँडा (मकवानपुर) । बागमती प्रदेश सरकारले बागमती प्रदेशभर सञ्चालन हुने एम्बुलेन्सको भाडादर निर्धारण गरेको छ । प्रदेशका स्वास्थ्य मन्त्रीको मन्त्रीयस्तरीय निर्णयवाट ‘क’ र ‘ख’ वर्गको एम्बुलेन्स सेवाको भाडादर गत हप्ता निर्धारण गरिएको थियो ।

Utsuk Books & Stationery
Satkar Machinery Center

राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ को दफा ९, उपदफा (१) बमोजिम प्रादेशिक एम्बुलेन्स सेवा संचालन व्यवस्थापन समितिमा एम्बुलेन्स सेवा भाडा निर्धारण समितिबाट विभिन्न मापदण्डलाई आधार मानेर एम्बुलेन्स भाडादर कायम गरिएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयकानुसार एम्बुलेन्स सेवामा भूगोल हेरेर फ्ल्याटमा दूरी एकदेखि पाँच किमिसम्म मानेर त्यसको भाडादर रू. तीन सयदेखि पाँच सयसम्म राखेर जिल्ला एम्बुलेन्स ब्यवस्थापन समितिले लागू गर्ने गराउने गरी निर्देशन दिइएको छ । यस्तै समितिले तोकेको भाडा दरलाई आधार बनाई जिल्ला एम्बुलेन्स ब्यवस्थापन समितिलाई रूटअनुसारको भाडादर कायम गर्न जिम्मेवारी दिइएको छ । ‘ख’ वर्गको एम्बुलेन्स सेवा दोहोरो (आउने/जाने) तराईमा पिच सडकमा प्रति किमि दर रू.६१ दशमलव ६९, ग्राभेल सडकमा रू.६७ दशमलव ९४ र कच्ची सडकमा रू.८१ दशमलव ३६ निर्धारण गरिएको छ ।

Suzuki New Bike & Scooter

पहाडी क्षेत्रमा पिच सडकमा प्रति किमि दर रू.एक सय पैसा ७४, ग्राभेल सडकमा रू. एकसय नौ र पैसा दश र कच्ची सडकमा रू.एकसय २१ पैसा १७ निर्धारण गरिएको छ । यसैगरी ‘क’ वर्गको एम्बुलेन्स सेवा दोहोरो (आउनेजाने) भाडा ‘ख’ वर्ग भन्दा २५ प्रतिशत भन्दा बढी नहुने गरी तराईमा पिच सडकमा प्रति किमि दर रू.७७ पैसा ११, ग्राभेल सडकमा रू.८४ पैसा ९३ र कच्ची सडकमा रू. एकसय एक र पैसा ७० निर्धारण गरिएको मन्त्रालयले जनाएको छ । पहाडी क्षेत्रमा पिच सडकमा प्रति किमि दर रू.एकसय २५ पैसा ९२, ग्राभेल सडकमा रू.एकसय ३६ पैसा ३६ र कच्ची सडकमा रू. एकसय ५१ पैसा ४६ निर्धारण गरेको छ । निर्धारण गरिएको एम्बुलेन्स भाडादर स्वास्थ्य मन्त्रालयले छ महिनामा पुनः मूल्याङ्कन गर्ने व्यवस्था रहेको मन्त्रालयका चिकित्स सेवा महाशाखाका प्रमुख डा.खगेश्वर गेलालले जानकारी दिनुभयो । इन्धनको मूल्य भाडादर कायम गर्ने निर्णय गरिएको समयमा भन्दा दश प्रतिशतले परिवर्तन भएमा भाडादरमा समायोजन गर्ने र अन्यथा हरेक आर्थिक वर्षको सुरूवातमा समायोजन गरिने भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह