Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

रेडियोको वार्षिकोत्सवमा घरेलु मदिराको चर्चा

रेडियोको वार्षिकोत्सवमा घरेलु मदिराको चर्चा
त्रिशूली प्रवाह
१ साल अगाडी

धुन्चे । घरेलु मदिरा उद्योगलाई सुव्यवस्थित गर्न, गुणस्तर मापदण्ड स्थापित गर्न, कर प्रणालीलाई सरलीकृत गर्न र स्थानीय उत्पादकलाई सहयोग गर्न विभिन्न व्यक्तित्वले सरकारसँग आग्रह गरेका छन् । विश्व रेडियो दिवस र रेडियो लाङ्टाङको १०औंँ वार्षिकोत्सवका अवसरमा यही फागुन १ गते रसुवा सदरमुकाम धुन्चेमा आयोजित ‘घरेलु उत्पादन मदिराको सम्भावना र चुनौती’ विषयक बृहत् छलफलका सहभागीले मदिरालाई अन्तरराष्ट्रियस्तरमा प्रवद्र्धन गर्न नीतिगत सुधारका लागि सुझाव दिनुभयो ।

रेडियोका अध्यक्ष सोहम सुवेदीका अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले स्थानीय रूपमा उत्पादित मदिराको बजार, गुणस्तर, कानुनी प्रक्रिया, कर प्रणाली, स्वास्थ्यमा यसको प्रभाव र निर्यात सम्भावनाको विस्तृत अध्ययन आवश्यक रहेको बताउनुभयो । जिल्ला समन्वय समिति रसुवाका उपप्रमुख विजय लामा, गोसार्इँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ, दुप्चेश्वर गाउँपालिका नुवाकोटका अध्यक्ष शङ्कर थापा, रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल, उद्योग तथा वाणिज्य कार्यालय रसुवाका प्रमुख बृहस्पति तामाङ, नेपाल पत्रकार महासङ्घ रसुवा अध्यक्ष केशव पौडेललगायतले सरकार, निजी क्षेत्र र स्थानीय उत्पादकबिचका सहकार्यबाट स्वदेशमा उत्पादित मदिरा उद्योगले नेपालमा ठुलो आर्थिक योगदान गर्ने र रोजगारी सिर्जनामा सहयोग पुग्ने अपेक्षा गरेको रेडियोका सञ्चालक गीता न्यौपानेले बताउनुभयो । सरकारले जारी गरेको नीति तथा कार्यक्रममा स्वदेशी रक्सीको गुणस्तर सुनिश्चित गर्ने, उत्पादन नियन्त्रण गर्ने, ब्रान्डिङ गर्ने र निर्यात गर्ने योजना समावेश छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह