विदुर । सामुदायिक विद्यालयर्फ देशभरीकै उत्कृष्टमध्येमा पर्ने नुवाकोट जिल्लाको विदुर नगरपालिका–४, विदुरको पृथ्वी मावि र रसुवा जिल्लाको कालिका गाउँपालिकाको सुन्दरा माध्यमिक विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावकको संयुक्त टोलीले मंगलबार अवलोकन गरेका छन् ।
रसुवा प्रदेशसभा ‘ख’ का प्रदेशसभा सांसद् ईन्द्र गोतामे, कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा, वडाध्यक्ष, विव्यस अध्यक्ष तथा सदस्य, प्रधानाध्यापकसहितको टोलीले फागुन ६ गते चार घण्टा पृथ्वी माविमा छलफल, अन्र्तक्रिया र अवलोकनमा बिताएका थिए । शैक्षिक गुणस्तर सुधारका विभिन्न पक्षमा छलफल र अन्तरक्रिया गरिएको पृथ्वी माविका प्रअ बाबुराम लामिछानेले बताउनुभयो । सार्वजनिक शिक्षाको गुणस्तर सुधारका लागि देखिएको यो स्वतस्फुर्त जागरण र दायित्वबोध उच्च प्रशंसायोग्य रहेको प्रदेशसभा सांसद् ईन्द्र गोतामेले बताउनुभयो ।
प्रतिक्रिया