+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
१ साल अगाडी

स्वीकृति दिने निकायले नै मेलामहोत्सवका उद्देश्य विपरीत सङ्घसंस्थालाई अनुमति दिएपछि कला, संस्कृति, उद्योगव्यवसाय र पर्यटन प्रवद्र्धनमा उद्देश्य विपरीत भयो भनेर केको गनगन ? डेढ हप्तादेखि पिपलटारको बारीका पाटामा रातो धुलो उडाइरहेको खेल तथा पर्यटन महोत्सवको उद्देश्य पूरा नभए पनि स्थानीयवासीलाई दिन काट्ने मेसो मिलेकामा आयोजकलाई नागरिक अभिनन्दन गर्न नगरपालिकाले नै प्रस्ताव गर्यो भने आसर्जे नमान्दा हुने भो ! महोत्सव घाटामा, आयोजक नाफामा भए पनि बेरोजगार तन्नेरीतरूनीको खल्ती पन्चट भएनि’ ज्योति मगरको हेराइ, उफ्राइ र अर्धनग्न प्रस्तुतिमा ७० काटेकाहरूको झिल्के नचाइ देखेर तेस्रो आँखा पनि रमाइलो मानिराख्या’ छ है ! जिल्लाको पहिचान र उत्पादन झल्कने कृषि तथा लघु घरेलुका सामग्री स्टलमा देख्न नपाएनि‘ महोत्सव सफल भएकामा त्रिनेत्र सम्पूर्ण अवलोकनकर्ता नगरबासीलाई जय नेपाल !

Satkar Machinery Center
Utsuk Books & Stationery

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह