समुन्द्रटार । दुप्चेश्वर गाउँपालिकाले एक वर्ष अगाडी दुप्चेश्वर मन्दिर क्षेत्रका सार्वजनिक जग्गा खोजबिना गर्न सार्वजनिक जग्गा विवाद समाधान समन्वय तथा सहजीकरण समिति गठन गरेको थियो । उक्त समितिले गत हप्ता प्रतिवेदन पालिकाका अध्यक्ष शंकरबहादुर थापालाई बुझाएको छ ।
समितिको संयोजकमा कुमार पण्डित र सदस्यमा जनार्दनप्रसाद आचार्य, शशीसागर पण्डित, सुशिल खड्का, रोजलाल मोक्तान, मईतबहादुर तामाङ, कमल खतिवडा, बसन्त धिताल, रामशरण थापा, नरहरी आचार्य र राजकुमार श्रेष्ठ रहेका छन् । फागुन ५ गते सोमबार समितिले दुप्चेश्वर महादेवको मन्दिर परिसरमा ३५ रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको प्रतिवेदन हस्तान्तरण गरेको थियो । पालिकाको वडा नं ६ र ७ मा दुप्चेश्वर महादेव मन्दिर आसपासका सरकारी, सामुदायिक तथा सार्वजनिक जग्गा उपयोग अतिक्रमणको अवस्था र अतिक्रमण हटाउन चालिनुपर्ने कदमका विषयमा सुझावसहितको प्रतिवेदन पालिकाका अध्यक्ष थापालाई बुझाएका संयोजक पण्डितले बताउनुभयो । मन्दिरमा आवश्यक भौतिक पुर्वाधार निर्माणको लागि जग्गा आवश्यक परेपछि पालिकाले उक्त समिति बनाएको दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले त्रिशूली प्रवाह साप्ताहिकलाई बताउनु भयो ।
प्रतिक्रिया