+
Search

ताजा अपडेट +

पपुलर +

शिक्षक संगठनका अध्यक्षमा श्याम

शिक्षक संगठनका अध्यक्षमा श्याम
त्रिशूली प्रवाह
१ साल अगाडी

धन्चे । नेपाल राष्ट्रिय शिक्षक संगठन रसुवाको १२औँ जिल्ला अधिवेशन फागुन १० गते शनिबार सम्पन्न भएको छ । उक्त अधिवेशनले जिल्ला कार्यसमितिको अध्यक्षमा श्यामकुमार गुरूङसहित पदाधिकारी र सदस्य सर्वसम्मत चयन गरेको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

अधिवेशनबाट महिला उपाध्यक्षमा शुभद्रा लामा, उपाध्यक्षमा नवराज घिमिरे, सचिवमा लानम घले, सहसचिवमा सुम्निमा तामाङ, कोषाध्यक्षमा सुरज विक, सहकोषाध्यक्षमा भीमप्यारी तामाङ र सदस्यमा पद्माराज भट्ट, संगिता तामाङ, प्रतिभा गुरूङ, मृदानत देवकोटा, कार्भो तामाङ, रमेश ग्लान, राजु लामा, संगिता घले, ब्रिजलाल भट्टराई चयन भएका छन् । अधिवेशनले केन्द्रिय प्रतिनिधिमा आङ्माया ह्याल्मो, पार्वती खनाल, सुरेन्द्रराज खनाल चयन भएको निवर्तमान अध्यक्ष श्यामकुमार गुरूङले बताउनुभयो । ‘‘गौरवशाली विगत, चुनौतीपूर्ण वर्तमान, सार्वजनिक शिक्षाको उत्थान, राष्ट्रिय शिक्षा र सबैका लागि बलियो संगठन’’ भन्ने नाराकासाथ सम्पन्न अधिवेशनले संगठनका पूर्व अध्यक्षहरूको स्मरण र सम्मान गरेको थियो । संगठनमा विसं २०३७ मा ध्रुवबहादुर केसी संस्थापक अध्यक्ष, अशोककुमार घिमिरे संस्थापक सचिव, विसं २०४७ मा रमेश घिसिङ अध्यक्ष, विसं २०५० मा रामप्रसाद कोइराला अध्यक्ष, विसं २०५३ मा लक्ष्मण यादव अध्यक्ष, विसं २०५६ मा उद्धव रिजाल अध्यक्ष, विसं २०५९ देखि विसं २०६२ सम्म दुई कार्यकाल लेखनाथ गौतम अध्यक्ष, विसं २०६५ देखि विसं २०६९ सम्म दुई कार्यकाल रामहरी पन्त अध्यक्ष, विसं २०७७ मा आदमाया (हाइल्मो) शेर्पा अध्यक्ष भईसकेका छन् ।

Suzuki New Bike & Scooter

सो कार्यक्रममा विभिन्न स्कुल मा लामो समय सम्म अध्यापन गराई सेवा निवृत भएका शिक्षकहरू लाई सम्मान गरिएको थियो सम्मानित हुनेमा राष्ट्रिय शिक्षक संगठनका संस्थापक सचिव तथा जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार घिमिरे, श्री कोमिन श्यामेवाङफेल मावि स्याफ्रबेँसीका प्रधानाध्यापक देवराज सिम्खडा, स्रोत ब्यक्ति बासु लामिछाने, लोकनाथ नेपाल, किप्पाछिरिङ तामाङ, तेजप्रसाद खतिवडा सम्मानित भएका छन् । यस्तै, सम्मानित हुनेमा समानसिंह बुलुन, मोहनप्रसाद नेपाल, हरिप्रसाद ढकाल, घनमाया डंगोल, रितमान वाईवा, केदारप्रसाद घिमिरे, प्रेमप्रसाद पौडेल, राजेन्द्र डंगोल, बद्रीनाथ पौडेल, हरिप्रसाद पौडेल, वलराम धिताल, उमाकान्त फुयाँल, देवेन्द्रराज देवकोटा, पूर्व शिक्षक लामा साम्देन घले रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह