बट्टार । निजी तथा आबासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) नुवाकोटले सञ्चालक तथा गुठीयारलाई भेला गरी सोमबार अभिमुखीकरण गरेको छ ।

प्याब्सन नुवाकोटका अध्यक्ष पुरूषोत्तम अधिकारीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि प्याब्सनका राष्ट्रिय अध्यक्ष डि.के. ढुङ्गानाले संस्थापक तथा गुठीयारलाई निजी विद्यालयका चुनौती र ती चुनौतीको सामना गर्ने उपायका बारेमा सुझाएका थिए । सोही कार्यक्रममा आचार्य महेन्द्र वाशिष्ठले योग तथा ध्यानको महत्त्व र नेतृत्वदायी भुमिकामा रहेका ब्यक्तिमा तनाव व्यवस्थापनमा योग तथा ध्यानले पार्ने सकारात्मक प्रभावको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा प्याब्सन बागमती प्रदेशको चौथों अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष मुरारी प्रकाश संजेल तथा प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्य र १३ जिल्लाका नवनिर्वाचित प्याब्सन जिल्ला अध्यक्षलाई सम्मान समेत गरेका थिए ।

करदाता सेवा कार्यालय गल्छीका कर अधिकृत लक्ष्मी खड्काले सो कार्यक्रममा विद्यालय कर सम्बन्धी अत्यावश्यक जानकारीसहितको प्रस्तुति दिनुभएको थियो । कार्यक्रमबाट विद्यालय संस्थापक, सञ्चालक तथा गुठियारका लागि पनि प्याब्सनप्रतिको अपनत्व बोध हुने र हरेक विद्यालयलाई व्यवस्थापनका लागि थप सहजता ल्याउने अपेक्षा गरिएको जिल्ला अध्यक्ष अधिकारीले बताउनु भयो ।
प्रतिक्रिया