Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

बुद्धिजिवी परिषद्मा पुनः रिमाल

बुद्धिजिवी परिषद्मा पुनः रिमाल
त्रिशूली प्रवाह
१ साल अगाडी

विदुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट बुद्धिजिवीको संस्था नेपाल बुद्धिजिवी परिषद् नुवाकोटको आठौं जिल्ला अधिवेशन फागुन ७ गते सम्पन्न भएको छ ।

परिषद्का केन्द्रिय उपाध्यक्ष प्राध्यापक विधान आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज केशवराज पाण्डे, केन्द्रिय सदस्य बिन्दा ढुङ्गाना, प्रतिनिधीसभाका पूर्व सांसद् तथा नेकपा एमाले वागमती प्रदेश कमिटिका सदस्य नारायणप्रसाद खतिवडा, जिल्ला अध्यक्ष बद्री मैनाली, नेपाल बुद्धिजिवी परिषद् बागमती प्रदेश सचिव थमिन्द्र खतिवडालगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो । अधिवेशनले रामहरि रिमाललाई पुनः अध्यक्षमा सर्वसम्वत चयन गरेको छ । रिमालको नेतृत्वमा १३ सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन भएको एमाले नुवाकोट जिल्ला कमिटिका उपसचिव राजेन्द्र पाण्डेले जानकारी दिनुभयो । अधिवेशनबाट उपाध्यक्षमा भेषराज रिमाल, सचिवमा विष्णुभुषण चित्रकार, सहसचिव दुई जनामा माधवप्रसाद अधिकारी र राजेन्द्र तिवारी, कोषाध्यक्षमा राजनप्रसाद प्याकुरेल र सदस्यमा गोकर्ण नेपाल, विजय श्रेष्ठ, ताराबहादुर कार्की, बसन्तराज पाण्डे, अम्बिका अधिकारी, केशवप्रसाद रिमाल, देवप्रसाद अधिकारी रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह