Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

नागरिक समाजको सक्रियता

नागरिक समाजको सक्रियता
त्रिशूली प्रवाह
१ साल अगाडी

विदुर । नुवाकोट नागरिक समाजको तेस्रो वार्षिक साधारणसभा गत हप्ता सम्पन्न भएको छ । वनभोज कार्यक्रमसहित विदुर नगरपालिका–१२ पोखरीथोकमा भएको सभाले गत वर्षको आय–व्यय, वार्षिक कार्यक्रम र नीति पारित गरेको छ ।

समाजका अध्यक्ष बद्रीप्रसाद त्रिपाठीका सभापतित्वमा भएको सभाले गत वर्षको आय–व्यय पारित गर्दै चालु आवमा गर्ने कार्यक्रम पारित गरेको सचिव रामजी भट्टले बताउनुभयो । आव.२०८०/०८१ म समाजले रू.दुई लाख ८५ हजार आम्दानी गरी त्यत्ति नै खर्च गरेको विवरण सभामा कोषाध्यक्ष देवकी नेपालले प्रस्तुत गर्नुभएको थियो । विसं २०७७ मा संस्था दर्ता ऐन अन्र्तगत ६१ नम्बरमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भई नागरिक अधिकार स्थापित गराउन लागिपरेको अध्यक्ष त्रिपाठीले बताउनुभयो । आर्थिक अनियमितता, बेथिती, कालोबजारीलगायत नागरिकलाई परेको असुविधाको बारेमा सम्बन्धित निकायलाई घचघच्याउने कार्य गरिरहेको उहाँले बताउनुभयो । समाजले नेपाल सरकारका ऐन, नियम कार्यविधिबाहेक हुने वा हुन सक्ने अराजकता ऐन, नियम विपरीतका कार्यको विषय उठान गर्ने, सम्बन्धित निकायको ध्यानाकर्षण गरी आवश्यक परे कारबाहीको लागि कानुनी प्रक्रियामा लैजाने काम समेत गरिरहेको छ । जिल्लामा रहेका विद्यालयले सञ्चालन गरेका बस क्षमता भन्दा बढी विद्यार्थी राख्ने गरेकोमा त्यस कार्यलाई रोक्न र जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्सको भाडा सरकारले तोकेअनुसार निर्धारण गर्न पहल गरेको अध्यक्ष त्रिपाठीले बताउनुभयो । निजी तथा सरकारी र अस्पतालको सुधारका लागि पहल गरेको, सार्वजनिक यातायातमा विद्यार्थी छुट, आरक्षण सिट र सरकारले तोकेको भाडादर कायम गराउन लागिरहेको समेत उहाँले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर बजार अनुगमनलाई प्रभावकारी बनाउन, रासायनिक मल बिक्री, वितरण सहज गराउन समेत समाज सक्रिय रहेको उपाध्यक्ष बसन्त रिजालले बताउनुभयो । समाजका कार्यसमितिमा अध्यक्ष बद्रीप्रसाद त्रिपाठी, उपाध्यक्ष बसन्त रिजाल, सचिव रामजी भट्ट, सहसचिव लालप्रसाद न्यौपाने, कोषाध्यक्ष देवकी नेपाल र सदस्य शारदा खनाल तिमिल्सना, सुजना वाग्ले, उत्तम पाठक, नवराज कोइराला, मदनकुमार न्यौपाने, महेन्द्र कोइराला, भोजबहादुर नेपाली, राजेन्द्र पौडेल रहेका छन् । दुई वर्ष अगाडी सम्पन्न पहिलो अधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यकाल चार वर्षको रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह