+
Search

ताजा अपडेट +

पपुलर +

कर सम्बन्धी अन्तक्रिया

कर सम्बन्धी अन्तक्रिया
त्रिशूली प्रवाह
१ साल अगाडी

विदुर । नुवाकोट उद्योग वाणिज्य संघको समन्वयमा गत हप्ता विदुरमा करदाता शिक्षा तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

आन्तरिक राजस्व कार्यालय कलंकी काठमाडौंको आयोजनामा जिल्लाका करदातालाई आर्थिक ऐन २०८१ ले ल्याएका करसम्बन्धी विशेष छुट तथा सहुलियत र दण्ड जरिवानाको बारेमा जानकारीमुलक कार्यपत्र प्रस्तुत गरी छलफल भएको संघका महासचिव उपेन्द्र बुढाथोकीले बताउनुभयो । संघका अध्यक्ष राजेन्द्र श्रेष्ठको सभापतित्व र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा जिल्ला नगर परिषद्का उपसभापति ताराबहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उद्योगी व्यवसायीलाई करदाता सेवा कार्यालय गल्छीका प्रमुख लक्ष्मी खड्का, आन्तरिक राजस्व कार्यालयका प्रमुख विजय लामिछानेले करसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । संघले करको बारेमा व्यवसायीलाई जानकारी दिने उद्देश्यले कर कार्यालयसँग समन्वय गरेर करदाता शिक्षा कार्यक्रम गरिएको वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले बताउनुभयो ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह