+
Search

ताजा अपडेट +

पपुलर +

लाङटाङ घुम्न पथप्रदर्शक अनिवार्य

लाङटाङ घुम्न पथप्रदर्शक अनिवार्य
त्रिशूली प्रवाह
५ महिना अगाडी

धुन्चे । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको भ्रमणमा जाने पर्यटकसँग अब नेचर/ट्रेकिङ गाइड अनिवार्य हुनुपर्ने भएको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय धुन्चे रसुवाले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) लाई पत्र लेख्दै निकुञ्ज क्षेत्रभित्र आउने स्वदेशी तथा विदेशी पर्यटकलाई भ्रमण गराउँदा पथप्रदर्शक अनिवार्य हुनुपर्ने जानकारी गराएको छ ।

कुनै वेला नेपालको तेस्रो पर्यटकीय गन्तव्य मानिने रसुवा जिल्लाको लाङटाङमा पर्यटक विगतदेखि नै विनापथप्रदर्शक जाने गरेका थिए । विकट भौगोलिक अवस्था र अधिक चिसो हावापानी रहेको निकुञ्ज क्षेत्रमा पर्यटक हराउने, दुर्घटनामा पर्ने र मृत्युसमेत हुने गरेकाले यो नियम ल्याइएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । भ्रमणमा आउने पर्यटकका साथमा पथप्रदर्शक नहुँदा पर्यटकले समयमा उपचार नपाउने, उद्धारमा कठिनाइ हुने भन्दै निकुञ्जले सरोकारवाला पर्यटन व्यवसायीलाई निकुञ्ज क्षेत्रमा पर्यटक ल्याउँदा पथप्रदर्शक अनिवार्य गर्न भनेको हो । पदयात्राका लागि लाङटाङ लोकप्रिय गन्तव्य रहेको रसुवा–नुवाकोट पर्यटक समाजका अध्यक्ष बलराम न्यौपानेले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह