+
Search

ताजा अपडेट +

पपुलर +

करसम्बन्धी अन्तक्र्रिया

करसम्बन्धी अन्तक्र्रिया
त्रिशूली प्रवाह
१ साल अगाडी

विदुर । नुवाकोट उद्योग वाणिज्य सङ्घको समन्वयमा गत हप्ता विदुरमा करदाता शिक्षा तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

आन्तरिक राजस्व कार्यालय कलंकी काठमाडौंको आयोजनामा जिल्लाका करदातालाई आर्थिक ऐन २०८१ ले ल्याएका करसम्बन्धी विशेष छुट तथा सहुलियत र दण्ड जरिवानाबारे जानकारीमूलक कार्यपत्र प्रस्तुत गरी छलफल भएको सङ्घका महासचिव उपेन्द्र बुढाथोकीले बताए । सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठको सभापतित्व र नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा जिल्ला नगर परिषद्का उपसभापति ताराबहादुर कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उद्योगी-व्यवसायीलाई करदाता सेवा कार्यालय गल्छीका प्रमुख लक्ष्मी खड्का, आन्तरिक राजस्व कार्यालयका प्रमुख विजय लामिछानेले करसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । सङ्घले करबारे व्यवसायीलाई जानकारी दिने उद्देश्यले कर कार्यालयसँग समन्वय गरेर करदाता शिक्षा कार्यक्रम गरिएको वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह