+
Search

ताजा अपडेट +

पपुलर +

वन्यजन्तुका लागि पोखरी निर्माण गर्न सुझाव

वन्यजन्तुका लागि पोखरी निर्माण गर्न सुझाव
त्रिशूली प्रवाह
१ साल अगाडी

धुन्चे । डिभिजन वन कार्यालय रसुवाको स्वीकृत वार्षिक कार्यक्रमअनुसार जिल्लास्तरीय योजना अनुवाद बैठकका सहभागीले वनको भग्नावशेष नियन्त्रण र वन्यजन्तुका लागि वनमा पोखरी निर्माण गर्न सुझाव दिएका छन् ।

Utsuk Books & Stationery
Satkar Machinery Center

प्रमुख डिभिजन वन अधिकृत शम्भु तामाङको अध्यक्षतामा बागमती प्रदेश सभा सदस्य इन्द्र गोतामेको उपस्थितिमा फागुन १० गते धुन्चेमा सम्पन्न बैठकमा जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोककुमार घिमिरे, उपप्रमुख विजय लामा, गोसाइँकुण्ड गाउँपालिका प्रमुख कैसाङनुर्पु तामाङ, आमाछोदिङ्मो गाउँपालिकाकी उपप्रमुख चण्डिका तामाङ, उत्तरगया गाउँपालिकाकी उपप्रमुख चमेली गुरुङ, नौकुण्ड गाउँपालिका-१ का अध्यक्ष कान्छा लामालगायत सरकारी निकायका प्रतिनिधि सहभागी थिए । प्रस्तावित बजेट र कार्यक्रम डिभिजन वन अधिकृतले प्रस्तुत गरेपछि सहभागीले सामुदायिक वनमा आधारित उद्यम र उद्योगको स्थापना, सामुदायिक वन उपभोक्ता समूहको सक्रिय सिर्जना र अनिवार्य पिउने पानीको काम, विद्यालयमा इको क्लब र बाल उद्यानको निर्माणका लागि समिति गठन भएका समूह र संस्थालाई सक्रिय बनाउनुपर्ने सुझाव दिएका थिए ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह