+
Search

ताजा अपडेट +

पपुलर +

जालपा क्षेत्रविकास समिति पुर्नगठन

जालपा क्षेत्रविकास समिति पुर्नगठन
त्रिशूली प्रवाह
१ साल अगाडी

देविघाट । नुवाकोट जिल्लाको प्रमुख ऐतिहासिक धार्मिक स्थलमध्येको जालपादेवी मन्दिरको संरक्षण, सम्वद्र्धन र प्रचार–प्रसार गर्न विसं २०४४ मा स्थापना भएको जालपा क्षेत्रविकास समितिको अधिवेश नगत शनिबार सम्पन्न भएको छ ।

विदुर नगरपालिका–५ देविघाटमा रहेको समितिको अधिवेशनले नयाँ कार्यसमिति चयन भएको छ । समितिको अध्यक्षमा भरतकाजी चित्रकार, निवर्तमान अध्यक्षमा मानबहादुर डंगोल, वरिष्ठ उपाध्यक्षमा सुशिला चित्रकार, उपाध्यक्षमा नविन चित्रकार, सचिवमा मदनलाल चित्रकार, कोषाध्यक्षमा रामलाल चित्रकार, सहसचिवमा शिवप्रसाद प्याकुरेल, सह–कोषाध्यक्षमा बुद्धिलाल चित्रकार र सदस्यमा रामकृष्ण भट्ट, मानकाजी चित्रकार, शम्भुप्रसाद रिमाल, रामराजा वस्ती, चन्द्रलाल चित्रकार, भवानी घिमिरे, यसोदा कँडेल, बिनिता चित्रकार, फणिन्द्रमान श्रेष्ठ, टाकाप्रसाद रिजाल, गणेश वस्ती, राजाराम चित्रकार, मदुसुदन काफ्ले चयन भएका छन् । समितिको वरिष्ठ सल्लाहकारमा गोबिन्द चित्रकार, सल्लाहकारमा शम्भुप्रसाद शर्मा र शिवप्रसाद गजुरेल रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह