Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

रू.९० हजार महाशिवरात्री पर्वमा दुप्चेश्वरको भेटी

रू.९० हजार महाशिवरात्री पर्वमा दुप्चेश्वरको भेटी
त्रिशूली प्रवाह
१ साल अगाडी

समुन्द्रटार । नेपालकै ख्याती प्राप्त देवस्थलमध्येको नुवाकोटको दुप्चेश्वर महादेव मन्दिर पनि एक हो । हिन्दु धर्मवलम्वीले भगवान शिवको पूजा आराधना गरी मनाइने पर्व महाशिवरात्रीको अवसरमा गत हप्ता दुप्चेश्वर मन्दिरमा रू.तीन लाख ६५ हजार दुई सय ९३ भेटी संकलन भएको छ । महाशिवरात्री समेत परेको गत हप्ताको फागुन १० देखि १७ गतेसम्मको आठ दिनमा उक्त भेटी संकलन भएको दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

फागुन १० गते शनिबार भन्दा १७ गते बढी भेटी संकलन भएको कोषले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । कोषले मन्दिरको भेटी गणना प्रत्येक दिनको पाँच बजे गर्ने गरेको छ । मन्दिर र भेटी गणना स्थलमा सिसिटिभीबाट निगरानी गर्ने गरिएको छ । कोषले भेटी गणना फेसबुक पेजबाट समेत सार्वजनिक गर्दै आइरहेको छ । कोषले फेसबुक पेजमा सार्वजनिक गरेको विवरणअनुसार फागुन १० गते रू.एक लाख तीन हजार सात सय २५, ११ गते रू.१२ हजार सात सय ६५, १२ गते रू.५१ हजार एक सय २३, १३ गते रू.१० हजार चार सय ३०, १४ गते (महाशिवरात्री) रू.९० हजार एक सय ४५, १५ गते रू.सात हजार आठ सय ९५, १६ गते रू.३३ हजार छ सय २५, १७ गते रू.एक लाख ५९ हजार तीन सय १० संकलन भएको छ । शनिबार र शिवरात्रीको दिन मध्यान्हको आरतीबाट भक्तजनले चढाएको विशेष भेटी समेत गरी आठ दिनमा उक्त रकम जम्मा भएको कोषाध्यक्ष श्रेष्ठले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह