धुन्चे । रसुवा जिल्ला, नौकुण्ड गाउँपालिका कार्यालय पारच्याङमा फागुन ९ देखि १५ गतेसम्म अचार बनाउने तालिम सम्पन्न भएको छ ।
पालिका, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा सञ्चालन भएको उक्त सातदिने तालिममा ४५ जना सहभागी थिए । तालिमको समापन कार्यक्रममा संविधानसभा सदस्य तथा युवा उद्यमी प्रशिक्षक शान्ता चौधरीले अचार बनाउने सीप विकास तालिमले स्वरोजगार र आयआर्जनमा महत्वपूर्ण टेवा पुग्ने बताइन् । गाउँपालिका उद्यम शाखाका उद्यम विकास सहजकर्ता कृष्ण न्यौपानेले नौकुण्डभरि छरिएर रहेका उद्यमीलाई स्थानीयस्तरमा पाइने सामग्रीबाट अचार बनाउने सीप सिकाइ गाउँमै स्वरोजगार र आयआर्जन गराउने उद्देश्य रहेको जानकारी दिए ।
प्रतिक्रिया