तीन तहका सरकारको सङ्घीयताविरोधी हर्कत कसले पो खबरदारी गर्ने हो खै ? अझ सङ्घले विगतका प्रदेश र स्थानीय सरकारप्रति सौतेनी व्यवहार गरेनि’ तैँ चुप मै चुप भा देखिएकै हो । पूर्वसरकारले सुरु गरेका विकासका योजना पूरा हुँदा आफू ओझेलमा परिन्छ कि भन्ने आत्मघाती राजनीतिक संस्कार भने स्थानीय तहमा देखिँदा जनता हैरान भएको त्रिनेत्रले नदेख्ने कुरै भएन । न्वाँकोटका विदुर, बेलकोटगढी र तारकेश्वरमा पहिलेका जनप्रतिनिधिले थालेका लोकप्रिय योजना अलपत्र हुँदा पनि घाम चिह्नवाले निर्वाचित जनप्रतिनिधि मुखाँ पानी हालेर बसेको नि’ तेस्रो आँखाले देख्नुपर्यो, छिःछिः । विदुरमा मेयर, डेपुटी मेयर नजितेनि’ कार्यपालिकामा सूर्यवाला पार्टीकै बहुमत भएनि’ विरोधका नाममा ‘व’ सम्म उच्चारण नगर्नेहरूले नै आफ्ना मेयर/डेपुटी मेयर उम्मेदवार हराउन साँठगाँठ नगरेको भनेर त्रिनेत्रले कसरी पत्याओस् भन्या’ ! विदुरकै अवस्था भोगिरहेका बेलकोटगढी र तारकेश्वराँ नि’ सिंहदरबारका शेरको छुवाछुत व्यवहार भोगेका सुर्जेनारानका कँडहरू भने ग्रासरुट, मिसन ८४ र जरा अभियानमै दङ्ग भएर मनको लड्डु घिउसित खाएर बसेको देख्दा कठै भन्न मात्र सकिएन, लौखात !
प्रतिक्रिया