+
Search

ताजा अपडेट +

पपुलर +

भूमि आयोग रसुवामा उपाध्याय

भूमि आयोग रसुवामा उपाध्याय
त्रिशूली प्रवाह
१ साल अगाडी

रसुवा । भूमि समस्या समाधान आयोग रसुवाको अध्यक्षमा जनकजीवन उपाध्याय नियुक्त भएका छन् । विज्ञ सदस्यमा पेम्पाछिरिङ तामाङ तथा सदस्यमा भने हेमनाथ खतिवडा र बुटी तामाङ छन् ।

Utsuk Books & Stationery
Satkar Machinery Center

उत्तरगया-३ का उपाध्याय नेपाली काङ्ग्रेसका तर्फबाट चयन भएका हुन् । विज्ञ सदस्य पेम्पाछिरिङ आमाछादिङ्मो–३ निवासी हुन् जो नेकपा (एमाले) जिल्लासचिव पनि हुन् । कालिका-३ का खतिवडा पत्रकार तथा अधिकारकर्मी हुन् । नेपाल पत्रकार महासङ्घ रसुवा तथा जिल्ला भूमि अधिकार मञ्च रसुवाका पूर्वाध्यक्ष उनी एमालेका तर्फबाट तथा गोसाइँकुण्ड–५ की बुटी काङ्ग्रेसबाट महिला सदस्य रहेका हुन् । उनीहरूलाई सङ्घीय सरकार, मन्त्रिपरिषद्ले नियुक्त गरेको हो ।

Suzuki New Bike & Scooter

सोमबार आयोगले जिल्लामा रहेका विषयगत कार्यालयसँग अन्तक्रिया गरेर सुझाव सङ्कलन गरेको छ । आयोगका जिल्ला अध्यक्ष उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोककुमार घिमिरेले भूमि समस्या समाधान आयोगलाई स्थानीय तहसँगको समन्वय र सहकार्यमा रसुवाका भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गरी सरकारले लिएको लक्ष्यमा पुग्न आग्रह गरे । कार्यक्रममा आयोगका तर्फबाट सदस्यसचिव तथा नापी कार्यालयका प्रमुख शिवजी केसीले भूमि समस्या समाधान आयोगको क्षेत्राधिकार तथा यसअघिका आयोगले गरेका कामको जानकारी गराएका थिए ।

भूमि समस्या समाधान आयोग केन्द्रका विज्ञ सदस्य टेकबहादुर शाह, सदस्य गुञ्जबहादुर खड्का, कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा, प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेललगायतले भूमि समस्या पहिचान गरेर काम गर्न सुझाव दिएका थिए । भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन गरी विभिन्न चरणमा काम गर्नुपर्ने भएकाले सबैको सामूहिक प्रयासबाट मात्र काम गर्न सकिने अध्यक्ष उपाध्यायले बताए । कार्यक्रममा आयोग र गोसाइँकुण्ड गाउँपालिकाबिच कार्य सहमतिपत्रमा प्रमुख प्रशासकीय अधिकृत दुतेन्द्र चाम्लिङले हस्ताक्षर गरी हस्तान्तरण भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह