घरेलु महासङ्घमा पुनः राजभण्डारी

  • त्रिशूली प्रवाह
  • २८ फाल्गुन २०८१, बुधबार १५:५९

बट्टार । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ जिल्ला शाखा नुवाकोटको १५औँ अधिवेशनबाट रामकृष्ण राजभण्डारी पुनः अध्यक्षमा चयन भएका छन् । राजभण्डारीको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति शनिबार चयन भएको महासङ्घका पूर्वअध्यक्ष सीताराम रिमालले जानकारी दिए ।

महासङ्घका वरिष्ठ उपाध्यक्षमा लक्ष्मी प्रधान, उपाध्यक्षमा प्रकाश नेपाल, महासचिवमा नारायणप्रसाद नेपाल, सचिवमा नरेन्द्र अमात्य र कोषाध्यक्षमा गोपाल डङ्गोल चयन भएको निर्वाचनमण्डलका संयोजक अच्युत पाण्डेले जानकारी दिए । निर्वाचित पदाधिकारी र सदस्यलाई महासङ्घका वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर कँडेल र विदुर–२ का वडाध्यक्ष दीपक कायस्थले खादा लगाई शपथ गराएका थिए ।