+
Search

ताजा अपडेट +

पपुलर +

नुआव क्याम्पसको वार्षिकोत्सवमा पूर्वाध्यक्ष सम्मानित

नुआव क्याम्पसको वार्षिकोत्सवमा पूर्वाध्यक्ष सम्मानित
त्रिशूली प्रवाह
१ साल अगाडी

बट्टार । नुवाकोट, धादिङ, रसुवाकै पहिलो सामुदायिक क्याम्पस नुवाकोट आदर्श बहुमुखी क्याम्पसको ३९औँ वार्षिकोत्सवमा पूर्वाध्यक्ष तथा क्याम्पसलाई महत्वपूर्ण योगदान दिनेलाई सम्मान र स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थीलाई दीक्षित गरिएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

वि.सं. २०४२ मा स्थापित यस क्षेत्रमा शैक्षिक जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउँदै त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसको वार्षिकोत्सवका अवसरमा व्यवस्थापन सङ्कायतर्फका २२ र शिक्षा सङ्कायतर्फ १७ स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थीलाई सम्मानपत्र प्रदान गरियो । कार्यक्रमको उद्घाटन गर्दै पूर्वमन्त्री तथा नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले क्याम्पसको भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर र थप अवसर विस्तारका लागि आवश्यक पहल गरिने प्रतिबद्धता गरे । उक्त अवसरमा क्याम्पस सञ्चालक समितिका पूर्वाध्यक्ष तथा क्याम्पसलाई महत्वपूर्ण योगदान दिने समाजसेवी धननारायण चित्रकार, रामप्रसाद जोशी, रामेश्वर उपाध्याय र शिवप्रसाद गजुरेललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

Suzuki New Bike & Scooter

क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा काङ्ग्रेस नुवाकोटका सभापति तथा बागमती प्रदेश सभाका सदस्य रमेशकुमार महत, काङ्ग्रेसका जिल्ला उपसभापति राजु थापा, विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटी, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति रामेश्वर गजुरेललगायतले क्याम्पसमा विद्यार्थी बढाउन र गुणस्तरीय पठनपाठनका लागि सुझाव दिएका थिए । स्नातकोत्तर तहसम्म अध्यापन हुने जिल्लाकै एक मात्र क्याम्पसमा हाल एक हजार दुई सय ५० विद्यार्थी अध्ययनरत रहेको क्याम्पस प्रमुख नारायणमान डङ्गोलले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह