+
Search

ताजा अपडेट +

पपुलर +

होटेल तथा पर्यटन व्यवसायी सङ्घमा घले

होटेल तथा पर्यटन व्यवसायी सङ्घमा घले
त्रिशूली प्रवाह
१ साल अगाडी

धुन्चे । होटेल व्यवसायी सङ्घ रसुवाको तेस्रो अधिवेशनले नाग्गेल रिसोर्टका सञ्चालक विशाल घलेको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

Utsuk Books & Stationery

शनिबार यहाँ सम्पन्न अधिवेशनले कार्यसमितिका वरिष्ठ उपाध्यक्षमा फुर्पुसिङ्गी तामाङ (गत्लाङ होमस्टे), उपाध्यक्षमा धनकुमारी तामाङ (ब्लु डायमन्ड रेस्टुरेन्ट, धुन्चे), सचिवमा सञ्जीव उप्रेती (द धुङ्देन कोदाव, धुन्चे), सहसचिवमा छोवाङनुर्पु तामाङ (पिस होटेल, स्याफ्रुबेँसी), कोषाध्यक्षमा बुद्धलक्ष्मी तितुङ (होटेल सनसाइन) तथा सदस्यमा छोमोयाङ्जेन तामाङ (पपुलर होटेल, धुन्चे), छविलाल पौडेल (कासा टिबेट), छेतेनग्याल्पो तामाङ (टिबेट होटेल, स्याफ्रुबेँसी) बाङ्सिङ्गी घले (होटेल सिर्जना गोसाइँकुण्डमार्ग खैदी) लाई चयन गरेको छ । वि.सं. २०७५ मा सङ्घको तदर्थ समिति गठन भएको थियो । तदर्थ समितिका अध्यक्षमा रितुपेमा तामाङ र उपाध्यक्षमा रामशरण गजुरेल थिए । वि.सं. २०७७ मा भएको पहिलो अधिवेशन र २०७९ मा भएको दोस्रो अधिवेशनबाट अध्यक्षमा गजुरेल चयन भएका थिए । सङ्घमा जिल्लाभरका सानाठुला तीन सय होटेल दर्ता भएको अध्यक्ष घलेले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह