+
Search

ताजा अपडेट +

पपुलर +

विद्यालय पोसाक वितरण

विद्यालय पोसाक वितरण
त्रिशूली प्रवाह
१ साल अगाडी

सूर्यगढी । सिएमएस फाउन्डेसन बेलायतको आर्थिक सहयोगमा नुवाकोटको शिलाकन्यादेवी माविका विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र तामाङका पहलमा उपलब्ध गराइएको एक सय ६३ ट्रयाकसुट सेट सूर्यगढी गाउँपालिकाका प्रमुख सन्तबहादुर तामाङ घलेले वितरण गर्नुभएको थियो ।

Utsuk Books & Stationery
Satkar Machinery Center

सूर्यगढी-२ फटपुरस्थित उक्त विद्यालयका ९२ छात्रा र ७१ छात्रलाई गत फागुन २७ गते पोसाक वितरण गरिएको प्रधानाध्यापक चतुरसेन अधिकारीले जानकारी दिनुभयो । यसबाट विद्यार्थीलाई अध्ययनमा हौसला मिल्ने सहायक प्रधानाध्यापक सुदीप अधिकारीले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्रले भन्नुभयो, ‘‘यसबाट विद्यार्थीलाई विद्यालयमा टिकाउन, नियमित गराउन र अभिभावकलाई विद्यालय पोसाक खरिदका लागि आर्थिक भारबाट बचाउन सहयोग पुग्ने छ ।’’
सोही विद्यालयमा अध्ययन गरेर हाल बेलायतमा बसोबास गर्दै आएका विद्यार्थीले स्थापना गरेको फाउन्डेसनबाट ल्याइएको सहयोगमार्फत पोसाक खरिद गरिएको थियो । विद्यालयमा जग्गा अभावले खेल मैदान तथा प्राङ्गण हुँदा विद्यार्थीको रचनात्मक गतिविधि सुधार्न चुनौती भएसँगै जग्गा व्यवस्थापनका लागि पालिकाले मात्र सक्ने अवस्था नभएको हुँदा प्रदेशलगायत केन्द्रीय सरकारबाट सहयोग जुटाउन आफ्नातर्फबाट आवश्यक सहयोग गरिने पालिका अध्यक्ष घलेले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह