अडानका अध्यक्षमा पुनः सापकोटा

  • त्रिशूली प्रवाह
  • ४ चैत्र २०८१, मंगलवार १२:४४

विदुर । अडिटर्स एसोसिएसन नेपाल (अडान) जिल्ला शाखा नुवाकोटको छैटौँ अधिवेशनबाट गोपालबहादुर सापकोटा पुनः अध्यक्षमा चयन हुनुभएको छ ।

गत फागुन १७ गते अडानका केन्द्रीय सदस्य पुष्पराज लोहनीका उपस्थितिमा सम्पन्न अधिवेशनबाट सात सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको हो । कार्यसमितिका उपाध्यक्षमा विष्णुप्रसाद नेपाल, सचिवमा इन्द्रमणि गैरे, कोषाध्यक्षमा रामहरि न्यौपाने तथा सदस्यमा खड्गबहादुर बोगटी, केशवबहादुर श्रेष्ठ र जनकलाल श्रेष्ठ चयन हुनुभएको छ ।