पेट्रोलियम पदार्थको मूल्य ह्रास

  • त्रिशूली प्रवाह
  • ४ चैत्र २०८१, मंगलवार १२:५४

काठमाडौंँ । नेपाल आयल निगमले पेट्रोलियम इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आगामी १५ दिनका लागि आइतबार बिहानदेखि लागू हुनेगरी मूल्य घटाएको हो ।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर रू. पाँच, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर रू. चारले घटाएको छ । चारआली, बिराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर रू. एक सय ६० पैसा ५०, सुर्खेत र दाङ क्षेत्रमा रू. एक सय ६२ र काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा रू. एक सय ६३ तोकेको छ । यस्तै डिजेल/मट्टीतेलको मूल्य चारआली, बिराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा प्रतिलिटर रू. एक सय ४८ पैसा ५०, सुर्खेत र दाङमा रू. एक सय ५० र काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा रू. एक सय ५१ तोकेको छ । निगमका प्रबन्ध निर्देशक चन्डीकाप्रसाद भट्टले इन्डियन आयल कर्पोरेसनबाट शनिबार प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोल, डिजेल र मट्टीतेलको खुद्रा मूल्य घटाइएको जानकारी दिएका छन् ।