Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

विकास निर्माणका गतिविधिमा खबरदारी गर्न पालिका अध्यक्ष घलेको आग्रह

विकास निर्माणका गतिविधिमा खबरदारी गर्न पालिका अध्यक्ष घलेको आग्रह
त्रिशूली प्रवाह
१ साल अगाडी

सूर्यगढी । नुवाकोट जिल्ला, सूर्यगढी गाउँपालिकाले आफ्नो क्षेत्रका निर्माणाधीन योजनाको गुणस्तर सुनिश्चित गर्न पालिकावासी सम्पूर्ण सचेत नागरिकलाई अनुरोध गरेको छ । गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले सूचना प्रकाशन गरेर निर्माणाधीन रहेका योजनाको विवरण सार्वजनिक गर्दै ती योजनामा भइरहेका कामको पारदर्शिता, गुणस्तरीयतासहितको तोकिएका मापदण्डअनुसार कामको रेखदेख गरेर सचेत नागरिकको भूमिका निर्वाह गर्न अनुरोध गरेका हुन् ।

पछिल्ला केही दिनमा गाउँपालिकाभित्रका योजनाका सम्बन्धमा सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सन्देश प्रवाह गर्नेलाई लक्षित गर्दै उनले आफ्नो गाउँठाउँमा भइरहेका योजनाको विवरण सार्वजनिक गर्दै निर्माणको चरणमा रहेका योजनाको गुणस्तरको सुनिश्चितता कायम गर्न कामको रेखदेख गर्दै एक सचेत नागरिकको कर्तव्य र जिम्मेवारी पूरा गर्न पनि पालिकावासीलाई अपिल गरेका छन् । निर्माणका चरणमा रहेका योजनाको तोकिएअनुसारको काम भए–नभएको सम्बन्धमा यथार्थ जानकारी लिएर सोहीअनुसार निर्माण व्यवसायी र उपभोक्ता समितिलाई सजग बनाउनका लागि आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्न अध्यक्ष घलेले अनुरोध गरेका हुन् । पालिकाभित्र सञ्चालित गाउँपालिकाको प्रशासनिक भवन, प्रशासनिक भवनसँगै निर्माणाधीन पुरातात्विक शैलीको शिवालय मन्दिर, खोरखोला, रातमाटे हुँदै हल्देकालिका सडक, नयाँ चौतारादेखि न्यू चण्डिका मोटरबाटो, वडा नं. १ देखि ४ र ५ जोड्ने कामीटार पक्की पुल, खारेखोला वडा नं. ४ र ५ जोड्ने पक्की पुल, नुवाकोट, उर्लेनी सडक चोकदेदेखि छापसम्म, नैनेखोलादेखि सानोभोर्ले सडक र खोपेनीमा, एक घर एक धारा, वडा नं. १ देखि ५ सम्म योजना रहेको छ ।

यी योजनाबाहेक अन्य योजना पनि निर्माणाधीन रहेकाले सबै योजनाको यथार्थ विवरण लिन, तोकिएको कार्यादेशअनुसारको काम भए–नभएको निगरानी गर्न, सोहीअनुसार काम गर्न–गराउनका लागि निर्माण व्यवसायी र उपभोक्तालाई निगरानी गर्न उनले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह