तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ७ चैत्र २०८१, शुक्रबार १५:४५

नेपाली नेताले देश विदेशीका इसारामा चलाउँछन् भन्नेहरू नै तैँ चुप मै चुप हुँदा राष्ट्रियता खतरामा नपर्ने कुरै भएन । न्वाँकोटाँ भने छुट जग्गा नापीनक्सा र दर्ता खुले नि’ माल्पोत काज्र्यालयका कर्मचारीको द्रव्यमोहले गर्दा सर्वसाधारणले सास्ती भोगेको तिनआँखेले देखिहाल्यो । दर्ता खर्चका लागि हजार उठाउने, तर हाकिमलाई सय मात्र देखाउने प्रवृत्तिले काज्र्यालय प्रमुख नै ठगिएको त कति हिसाब गर्नु ! विगतमा सेरा दरबारको जग्गा व्यक्तिका नाममा दर्ता गराउनेहरू हाल मत्र्यलोकमा छन् कि नरकमा छन्, अख्तियार नै जानोस् । अहिलेका हाकिम सा’बलाई भने भग्नावशेषतुल्य माडी दरबार निल्नु न ओकल्नु छँदै छ । कर्मचारीकै सेटिङमा हदबन्दी जग्गा सरकारका नाममा ल्याउन असहयोग गर्नेलाई अख्तियारले डाम्न नसकेसि’ क्रान्तिकारी कँडहरूले के–के पो गर्लान् हेर्न बाँकी छ । नागरिक अधिकारकर्मीको फाइँफुइँ सदरमुकामतिर देख्दा ‘… लाई भन्दा देख्नेलाई लाज’ भन्ने उखान पो सम्झन पुगियो बा ! यति कुरा त कुशासन लाद्दै गणतन्त्र खतरामा देख्ने दलले नै जानून् !