+
Search

ताजा अपडेट +

पपुलर +

वस्ती उवासङ्घका सदस्यमा मनोनीत

वस्ती उवासङ्घका सदस्यमा मनोनीत
त्रिशूली प्रवाह
२ महिना अगाडी

विदुर । नुवाकोट उद्योग वाणिज्य सङ्घ कार्यसमिति सदस्यमा वस्ती खाद्य सप्लायर्स, विदुर-५ देवीघाटका प्रोपाइटर रामशरण वस्ती मनोनीत हुनुभएको छ ।

सङ्घको गत हप्ता सम्पन्न आठौंँ बैठकले सङ्घको विधानको परिच्छेद ४ को दफा १८ ‘क’ अनुसार रिक्त सदस्य पदमा उहाँलाई मनोनित गरेको महासचिव उपेन्द्र बुढाथोकीले जानकारी दिनुभयो । विसं २०४५ मा स्थापित सङ्घको विधानानुसार कार्यसमितिमा अध्यक्ष, पदाधिकारी र सदस्यसहित २२ जना निर्वाचित, पाँच जना मनोनीत सदस्य र एक जना निवर्तमान अध्यक्ष रहने व्यवस्था छ । मनोनीत सदस्य वस्तीको कार्यकाल अब एक वर्ष रहने छ ।

तिनबर्से कार्यकालका लागि सङ्घको गत विसं २०८० वैशाखमा सम्पन्न अधिवेशनबाट राजेन्द्र श्रेष्ठका नेतृत्वमा कार्यसमिति सर्वसम्मत चयन भएको थियो । मनोनीत वस्तीलाई अध्यक्ष श्रेष्ठले सपथ गराउनुभएको तथा सङ्घका पूर्वाध्यक्ष शरणउत्सुक सापकोटाले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेती, प्रथम उपाध्यक्ष दिनेशकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्ष सविन राजभण्डारी, सचिव मधुसूदन थपलिया, कोषाध्यक्ष मेघनाथ घिमिरेलगायतको सहभागिता थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह